लद्दाखमा भएको झडपमा तीन भारतीय सेना मारिए

|
भारतीय गोर्खा सैनिकहरु अभ्यासका क्रममा । तस्बिर : एजेन्सी

बुटवल : लद्दाखमा भारत र चीनबीच सिर्जित तनाव गम्भीर बन्दै जाँदा भारतीय सेनामा कार्यरत गोर्खा सैनिकहरु धमाधम फर्कन लागेका छन्। लद्दाखमा सिर्जना भएको तनावले युद्धको संकेत गरेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारत फिर्ता बोलाइएको हो ।

घटनाक्रमले उग्र रुप लिँदै सोमबार राति भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा झडप हुँदा एक कर्णेलसहित २० जना भारतीय सैनिकको ज्यान गएको छ। यही पृष्ठभूमिमा विदामा नेपाल आएका गोरखा सैनिकलाई भारतले फिर्ता बोलाएको हो।

रुपन्देहीको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले मंगलबार भारतीय रेजिमेण्टमा काम गर्ने १५ जना गोर्खा सैनिकहरु भारत तर्फ गएको जानकारी दिए। 

उनका अनुसार सोमबार १८ जना गोर्खा सैनिकहरु भारततर्फ गएका थिए । ‘आज मात्रै १५ जना जति सैनिकहरु भारततर्फ गएका छन् । पछिल्लो ४/५ दिनदेखि उनीहरुको जाने क्रम सुरु भएको हो । लकडाउन सुरु भएपछि पछिल्लो समय उनीहरुको जाने क्रम बढेको छ,’ उनले भने । 

कोरोना संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खा सैनिकहरु विदामा स्वदेश फर्किएको भएपनि चीनसँगको विवाद चुलिएपछि सैनिकहरूलाई काममा फर्कन आदेश दिएको थियो । 

त्यही कारण अहिले नेपालमा छुट्टी मनाउन आएका भारतीय सेनामा कार्यरत नेपालीहरु विभिन्न नाका हुँदै भारत फर्किरहेका छन् । भारतको गोर्खा रेजिमेन्टमा करिब डेढ लाखको हाराहारीमा नेपाली कार्यरत छन्। 

यो रेजिमेन्ट अन्तर्गत कार्यरत अधिकांश नेपालीहरु भारतले पाकिस्तान तथा  चीनसँगका आफ्ना विवादित सीमा क्षेत्रहरुमा राख्दै आएको छ । सन् १९४७ पछिको स्वतन्त्र भारतले बेलायतबाट ६ रेजिमेन्ट पाएदेखि नै   नेपालीहरू भारतीय सेनामा कार्यरत छन्। 

तनाव बढ्दै जाँदा भारतका रक्षामन्त्री राजनाथ सिंहले आफ्नो निवासमा गोप्य बैठक बोलाएको भारतीय समाचार एजेन्सी आनीले बताएको छ। उसका अनुसार चीफ अफ डिफेन्स स्टाफ विपिन रावत, आर्मी चीफ जेनरल एमएम नरभाणे, भारतीय विदेशमन्त्री एस जयशंकरलगायत सुरक्षा पदाधिकारीहरू बैठकमा सहभागी छन्। 

चीनसँगको विवाद बढ्दै जाँदा सुरक्षा रणनीति तय गर्न त्यहाँका सुरक्षा अधिकारीहरुले भेट गरेको भारतीय सञ्चारमाध्यमहरूको अनुमान छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.