|

चितवन :  पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडकखण्डमा यातायात आवागमन रोकिएको छ। 

सडकखण्डको कालीखोलामा आज बिहान चार बजेतिर पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

पहिरो रोकथाम गर्न लगाइएको ड्याम नै खसेको र अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन बीचमै रोकिएका छन्।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.