सल्यामा थपिए २५ जना संक्रमित
सल्यामा थपिए २५ जना संक्रमित
सल्यान : बुधबार एकैपटक २५ जना कोरोना संक्रमितमध्ये तीनजना घर गएको पाइएको छ। पिसिआर रिर्पोट आउन ढिला भएपछि सिद्ध कुमाख गाउँपालिकाले आरडिटी परीक्षण गरी पठाएका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीन दिनअघि आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएका तीनजनाको कोरोना पोजेटिभ देखिएको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए।
वडा नं. २ का ५० वर्षीय पुरुष र वडा नं. ४ का १८ र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । ‘स्वाब संकलन गरी पठाएको दुई हप्तासम्म पनि रिर्पोट नआएपछि आरडिटी परीक्षण गरी घर पठाएका थियौँ’, उनले भने, ‘तर बुधबार तीनजनामा पुष्टि भएको छ ।’
स्वाबको रिर्पोट ढिला आउँदा यस्तो समस्या भएको उनले बताए। संक्रमित तीनैजना गाउँपालिकाको सम्पर्कमा रहेकाले लुहापिङको आइसोलेसनमा पठाइसकिएको चलाउनेले जानकारी दिए।
संक्रमित भेटिएसँगै उनीहरुको घर सिल गरिएको अध्यक्ष चलाउनेले बताए। घर परिवारमा पनि संक्रमण फैलिन सक्ने भएकाले घरमा आउनजान बन्द गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।