|

ताप्लेजुङ : कोरोना संक्रमणका कारण विश्व संकटमा छ। दिनानुदिन संक्रमणको दर बढ्दै ग पछि मानिसहरु त्रासमा छन्। अर्कातिर लामो समयसम्मको लकडाउनले व्यापार व्यवसाय ठप्प हुँदा शहरी क्षेत्रका नागरिकलाई थप समस्या भएको छ। 

तर, ग्रामीण क्षेत्रका बासिन्दा भने यो बेला संक्रमणको त्रासलाई भुल्न बाध्य छन्। खेतीपातीकै भरमा गुजारा चलाउँदै आएका उनिहरु बिहानदेखि साँझसम्म खेतबारीमा व्यस्त देखिएका छन्। मानो खाएर मुरी उब्जाउने समय आएपछि कोरोनाको त्रासलाई भुलेर पनि उनीहरु बिहानदेखि साँझसम्म खेतबारीको काममा व्यस्त हुन थालेका छन्।

सिंचाइको सुविधा भएको ठाउँमा रोपाइँ सुरु भएको छ भने अन्य क्षेत्रमा खेत सम्याउने, खनजोत र मलजल लगाउने जस्ता काम धमाधम भइरहेका छन्। संक्रमणबाट जोगिनका लागि भौतिक दुरी कायम गरेर पनि खेतबारीको काम गरिरहेको फुङलिङका कृषक योगेश्वर निरौलाले बताए। पछिल्लो समय युवाहरु शह तिर केन्द्रीत भएका कारण गाउँघरमा काम गर्ने जनशक्ति नभएकाले बेलैदेखि खेतीपातीमा किसान जुट्ने गरेका छन्। पहिले पहिले ज्यालामा कामदार पाउने गरे पनि आजकल पाउन छाडेको अर्का किसान पदम निरौला बताउँछन्।

कृषि क्षेत्रमा प्रसस्त सम्भावना भए पनि प्रयाप्त जनशक्ति नहुँदा र आधुनिक प्रविधिको प्रयोग नुहँदा समस्या छ। कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने युवा कृषक राजेश लिम्बू बताउँछन्। काम गर्ने उमेरका युवा गाउँबाट शहर पलायन हुँदा उत्पादन समेत घट्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। 

ताप्लेजुङमा आठ हजार ६५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ भने १९ हजार १२० मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्रसार अधिकृत विनय महर्जनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.