|

काठमाडौं :  पछिल्लो समय देशमा कोरोना भाइरस तीव्र रूपले फैलिँदै गएसँगै यसको परीक्षण, नियन्त्रण र उपचारमा सरकारले बेवास्ता गरेको भन्दै सरकारविरुद्ध सडकमा आवाज उठ्न थालेको छ।

शनिबार राजधानीको शहीदगेट लगायतका सडकमा आरडिटी परीक्षण बन्द गरेर शत प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने स्वास्थ्य सामग्रीलगायत खरिद प्रक्रिया पारदर्शी हुनुपर्नेलगायत माग राख्‍दै युवाको समूह विरोधमा उत्रेको हो।

देशमा कोरोना संक्रमितको संख्या ८ हजारभन्दा बढी पुगिसकेको छ भने २२ जनाको कोभिढकै कारण मृत्यु भइसकेको छ। तर,  देशको शासन सत्ता सम्हालेर बसेका प्रधानमन्त्री भने कोभिढकै कारणले मात्र नभई अरू नै कारणले मानिसहरूको मृत्यु भएको बताइरहेका छन्। संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको रोग प्रतिरोधात्मको क्षमता उच्च भएको र बेसार पानीले कोरोनालाई सहजै जित्न सकिने बताएपछि जताततै उनको आलोचना हुन थालेको छ।

  ​

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.