|

पर्वत :  हिमालपारिको जिल्लाका रूपमा चिनिने दुई जिल्ला मनाङ र मुस्ताङ हुन्। मनाङमा असार ४ मा एकजना संक्रमित भेटिएका थिए। तर लमजुङ र मुस्ताङमा सङ्क्रमण पुष्टि भएको थिएन।

पछिल्लो पटक असार ४ गते मनाङमा कोरोना सङ्क्रमण भएका एक जना पुरुष भेटिएको थिए। शनिवार हिमालपारिकै जिल्ला मुस्ताङमा पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। 

स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख टीकाराम भण्डारीका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका-१ छैरोमा रहेको तिब्बतियन क्याम्पमा बस्दै आएका ८३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो।

गत जेठ ३१ गते काठमाडौंको बौद्धबाट मुस्ताङ पुगेका ती पुरुषको आरडिटी टेस्टमा पोजेटिभ देखिएका कारण असार १ गते जोमसोममा रहेको आइसोलेसन कक्षमा राखिएको थियो। 

असार २ गते उनको स्वाब सङ्कलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएकोमा शनिवार पिसिआर रिपोर्टमा पनि कोरोना सङ्क्रमण पोजेटिभ रहेको पुष्टि भएको हो। निमित्त कार्यालय प्रमुख भण्डारीका अनुसार मुस्ताङमा सङ्क्रमणको पुष्टि भएका ती पहिलो व्यक्तिलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा आइसोलेसनमा राखिएको छ। 

उच्च रक्तचापको औषधि सेवन गर्दै आएका उनमा अहिलेको अवस्थामा रक्तचाप समेत नियन्त्रणमा रहेको छ। स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार दुवै आँखा कमजोर रहेका ती ती पुरुष आफ्नो स्याहार आफैं गर्न सक्दैनन्। यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

अहिलेसम्म सङ्क्रमणको पुष्टि नै नभएको मुस्ताङमा पहिलो सङ्क्रमित फेला परेपछि जिल्लास्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले उनको कन्टयाक्ट ट्रेसिङ सुरु गर्नुका साथै उनको सङ्क्रमणको विषयमा सबै तथ्यहरू पत्ता लगाउने गरी खोज सुरु गरेको छ।

थपिए ५० जना

गण्डकी प्रदेशमा फेरि ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार बेलुका तनहुँ, बागलुङ, नवलपरासी पूर्व र मुस्ताङमा संक्रमित भेटिएका हुन्। 

मन्त्रालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार तनहुँको ब्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ। त्यसैगरि बागलुङको गलकोट नगरपालिका, तारा खोला गाउँपालिका र बडिगाड गाउँपालिकामा २९ जना नयाँ संक्रमित भेटिएका छन्।

त्यसैगरि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्य विन्दु नगरपालिकामा १८ जना नयाँ संक्रमित भेटिएका छन्। उनीहरु सबैजना सम्बन्धित पालिकाका क्‍वारेन्टाइनमा रहेका शर्माले बताए। उनीहरु सबैलाई नजिकैको आइसोलेसनमा लाने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.