|

अव्यवस्थित जीवनशैली र खानपानका कारण पछिल्लो समय २०/२५ वर्षका युवाहरू समेत मुटु र मुटुसम्बन्धी रोगले पीडित हुन थालेका छन्। नेपालजस्ता विकासोन्मुख मुलुकमा मुटुको रोगले पीडित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ।

पछिल्लो समय नसर्ने रोगहरूमध्ये मुटुसम्बन्धी रोग लाग्नेको संख्या तीव्र गतिमा बढेको छ। विश्वमा धेरै मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ, त्यसमध्ये आधाभन्दा बढीको मृत्युको कारण मुटुरोग नै रहेको बताइन्छ।

जीवनशैली र खानपानलाई विशेष ध्यान दिन सके मुटुरोग बाट बच्न सकिने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बताउँछन्। निम्न कुरामा ध्यान दिए मुटु रोगबाट बच्न सकिने उनको सुझाव छ।

१. धुमपान नगरौँ

धुमपान नगरौँ। सकेसम्म धुमपान गर्नेहरुको वरपर पनि नजाऔँ। चुरोटमा निकोटिन हुन्छ, यसले रक्तनली सुकाइदिने भएकाले मुटुरोग लाग्ने सम्भावना बढाउँछ। यसले मुटुमा असर गर्नुका साथै क्यान्सरजस्ता रोग पनि निम्त्याउँछ।

२. सन्तुलित भोजन

स्वस्थ खानपानका साथै सन्तुलित भोजन गर्ने गरौँ। एकैपटक धेरै खानुभन्दा थोरै-थोरै गरेर बेला-बेलामा खाने गर्दा राम्रो हुन्छ। यसका साथै चिल्लो, तारेको, भुटेको, बासी र बोसोयुक्त खानेकुरा सकेसम्म नखाऔँ। माछामासु भन्दा हरियो सागपात र फलफूल प्रसस्त मात्रामा खाने गरौँ। सकेसम्म मध्यपान नगरौँ, गरिहाले पनि थोरैमात्र सेवन गरौँ। खानामा सकेसम्म तरकारी, फलफूल लगायातका प्रोटिन र फाइवरयुक्त खानेकुरा बढी खाऔँ। नुनको मात्रा कम गरौँ। सन्तुलित भोजन नै मुटुरोगबाट बच्ने सजिलो उपाय हो।

३. नियमित व्यायम गरौँ

व्यायमले मानिसको आयु बढाउन मद्दत गर्दछ। साथै यसले मुटुको धड्कन हरेक सही ढंगले चलाउन मद्दत पुग्छ। त्यसैले कम्तिमा दिनको ३० मिनेटदेखि ४५ मिनेटसम्म र हप्तामा कम्तिमा ५ दिनसम्म दैनिक व्यायम गर्ने गरौँ। जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।

 ४. तनावबाट मुक्ति

धेरै तनाव लिनेहरुमा मुटुरोगको जोखिम हुन्छ। त्यसैले धेरै तनाव लिनु हुँदैन। तनावबाट मुक्तिले मुटु रोगबाट बचाउँछ।

५. दैनिक ६/७ घण्टा सुत्ने गरौँ

हरेक दिन नियमित ६ /७ घण्टा सुत्ने गरौँ। पर्याप्त निद्राको कमीले रोग प्रतिरोधात्मक क्षमता घट्दछ। यसले स्नायु प्रणालीलाई निरन्तर कमजोर बनाउँछ। उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना पनि यसले बढ्छ।

यो पनि पढ्नुहोस्:

मुटुका चर्चित डा. कोइरालालाई आफ्नै मुटुको भय, यसरी हेरचाह गर्छन् उनी
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.