|

काठमाडाैं : अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समीक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत ‘मैले बोलेको छैन ढाँटेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक गायिकाकै अभिनय रहेको म्युजिक भिडियोलाई विश्व संगीत दिवसका अवसर पारेर आइतबार रिलिज गरिएको हो। नेपसिनेमाको प्रस्तुतिमा द डिभाइन म्युजिकको युवट्युब च्यानलमार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरीएको हो।

चर्चित संगीतकार पोखरेलकै शब्द रहेको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन्। पत्रकारिताबाट संगीत क्षेत्रमा लागिपरेका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशनसम्बन्धी अध्ययन गरेका थिए । यसअघि पनि उनले धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। 

https://youtu.be/UDHAbnLrhpE


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.