|

म्याग्दी : म्याग्दीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको लामाबगरमा भेटिएको चितुवालाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएपछि केही क्षण त्यहाँ गज्जबको रमाइलो भयो।

सोमबार साँझ ५ बजे लामाबगरका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी चौकीलाई खबर गरेका थिए। खबर पाउलगत्तै धाइरिङ पुगेको प्रहरी टोलीले चितुवालाई नियन्त्रण लिएको चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक ध्रुव बोहोराले जानकारी दिए।

प्रहरी र स्थानीय मिलेर चितुवालाई नियन्त्रणमा लिएपछि बिरामी अवस्थाको जस्तो लाग्ने चितुवासँग शुरुमा डराएका मानिसहरु केही क्षणपछि पुच्छर र टाउको समाउदै तस्वीर खिच्न थाले। कुकुरलाई जस्तै सडकमा डोराएर हिँडाए। 

उक्त चितुवा प्रहरीमार्फत डिभिजन वन कार्यालय पर्वतमा बुझाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.