|
प्रतीकात्मक तस्बिर

तनहुँ : घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। 

सोही ठाउँका ४९ वर्षीय हिरासिंह परियार मंगलबार राति करिब ८ बजे भवनभित्रै क्वारेन्टाइनमै झुन्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद रिमालले जानकारी दिए। 

परियार भारतबाट असार ४ गते घर फर्र्किएका थिए। उनलाई असार ४ मा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट गाउँपालिकाले लगेर गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। उनी असार ५ मा उक्त क्वारेन्टाइनबाट भागेका थिए। क्वारेन्टाइनमबाट भागेका उनलाई असार ६ मा घिरिङकै थानीवन सामुदायकि वनमा फेला पारेर चन्द्रज्योति माविको क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य अधिकृत रिमाल बताउँछन्।

मृतकका परिवार र प्रहरीलाई घटनाबारे जानकारी गराइसकिएको र उनीहरु घटनास्थलमा पुगेपछि आवश्यक अन्य प्रक्रिया अघि बढ्ने रिमालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.