दुईवटा पालिकाको आएन

|

बैतडी : बैतडीका ८ स्थानीय तहले बुधबार  नीति तथा कार्यक्रम र बजेट गरेका छन्।  भने जिल्लाका २ तहले सार्वजनिक गर्न सकेनन्। स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट आ आफ्ना गाउँ तथा नगरसभामा पेश गरेका हुन्।

केही स्थानीय तह बाहेक धेरै जसोले नीति तथा कार्यक्रम ल्याएका छन् भने केहीले बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएका  छन्।

 जिल्लाको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३९ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गर्दै कृषि, स्वास्थ्य, पशुपालन, धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको छ। गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपाध्यक्ष लीला विष्टले कोरोना भाईरसबाट उत्पन्न समस्या सम्बोधनका लागि गाउँपालिकाले नीति लिएको बताए। उनले भने, ‘क्वारेन्टाइनमा व्यवस्थापनदेखि लिएर आइसोलेसन निर्माणका कुरा नीति कार्यक्रममा समेटिएको  छ।’

यस्तै दोगडाकेदार गाउँपालिकाले ५५ करोड ४२ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले आर्थिक क्षेत्रमा ३० प्रतिशत, सामाजिक क्षेत्रमा ३० प्रतिशत, पूर्वाधार विकासमा ३० प्रतिशत, विपद् व्यवस्थापन ६ प्रतिशत, संस्थागत विकासमा २ प्रतिशत र वित्तीय सुशासनमा २ प्रतिशत बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए।

यस्तै पुर्चौंडी नगरपालिकाले ५९ करोड ९६ लाख ९१ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। कृषि, स्वास्थ्य, स्वरोजगार लगायतका कुराहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको नगर प्रवक्ता दलबहादुर धामीले जानकारी दिए।

यस्तै सिगास गाउँपालिकाले ४७ करोड बराबरको बजेट सार्वजनिक गरेको छ। कोभीड १९ ले निम्त्याएको संकट समाधानका साथै पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दको भनाइ छ।  शिवनाथ गाउँपालिकाले ३५ करोड ८१ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। यूवा स्वरोजगारी र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन्। उनले भनिन्
‘कोरोना भाईरसको सन्त्रास फैलिरहेका बेला यसको जोखिम न्यूनीकरणमै जोड दिएका छौं।’

मेलौली नगरपालिकाले ५९ करोड ४२ लाख ७२ हजार बराबरको बजेट सार्वजनिक गरेको नगर उपप्रमुख राधा ओझाले जानकारी दिइन्। उनले भनिन्, ‘कृषिलाई प्राथमिकता दिएर बजेट आएको र कृषिमा युवालाई जोड्ने हिसाबले नीति कार्यक्रम ल्याइएको  छ।’

पाटन नगरपालिकाले बुधबार नगरसभामा नीति तथा कार्यक्रम मात्रै पेश गरेको छ। समुन्नत नगर बनाउने हिसाबले नीति तथा कार्यक्रम ल्याइएको र केही दिनभित्रै बजेट ल्याउने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो। डिलाशैनी गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेको छ।

दुई स्थानीय तहको आएन

जिल्लाको दशरथचन्द नगरपालिकाले नगरपालिका क्षेत्र सिल गरिएकाले नीति कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ। नगर क्षेत्र सिल गरिएकाले असार १६ गतेपछि नीति कार्यक्रम र बजेट ल्याइने नगर प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिए। यस्तै, वर्षातका कारण पञ्चेश्वर गाउँपालिकाले बुधबार बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ। बैतडीमा ६ गाउँपालिका र ४ नगरपालिका गरी १० स्थानीय तह रहेका छन्। 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।  सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते बजेट पेस गर्नुपर्ने छ भने सबै स्थानीय सरकारले असार १० गतेभित्र नयाँ वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.