|

गुल्मी : टेन्डरबिना ठेक्का दिएको भन्दै अनुसन्धानका लागि ल्याइएको फाइल जिल्ला प्रशासन कार्यालय गुल्मीमा करिब ४ महिना थन्किएर बसेको छ। फागुन २० गते जिल्ला प्रशासनमा आएको फाइलबारे हालसम्म प्रक्रिया नै थालिएको छैन। 

जापानी  राजदूतावासबाट  मुसिकोट नगरपालिका–२ देउरालीमा कृषि प्राविधिक शिक्षाका लागि नेपाल राष्ट्रिय  त्रिभुवन माध्यमिक विद्यालयमा सुविधासम्पन्न चारकोठे भवन परेको थियो। भवन  निर्माणका लागि ८५ लाख रुपैयाँ प्राप्त भएकोमा विद्यालय व्यवस्थापन समितिले टेन्डर आह्वान नगरी सीधै निर्माण व्यवसायीलाई काम सुम्पिएको छ। 

थाहाखबरमा यसबारे पटक पटक समाचार प्रकाशन भएपश्चात् प्रशासनले अनुसन्धान गर्ने भन्दै निर्माण कार्य सम्बन्धी फाइल झिकाएको थियो। तर लामो समयसम्म थन्किएर रहेको फाइल शुक्रबारदेखि भने प्रक्रियामा जाने बताइएको छ। 

जिल्ला प्रशासन कार्यालय गुल्मीका मुद्दा शाखाका प्रमुख जयश्वर पन्थीले आजै फाइललाई प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरिने बताए। फाइल प्रशासनमा आएलगत्तै तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको सरुवा भएका कारण यसै रहेको पनि उले जानकारी दिए।

करिब १ महिना प्रमुख जिल्ला अधिकारीविहीन भएको जिल्ला प्रशासनमा भरतकुमार शर्मा आएपश्चात् लकडाउन भएका कारण प्रक्रियामा लैजान  समस्या भएको पन्थीले दाबी गरे। 

निर्माण व्यवसायीले ५५ लाख लिइसके

सो विद्यालयको भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले ५५ लाख रुपैयाँ लिइसकेका विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले जानकारी दिए। नेपालीका अनुसार दुई चरणमा गरी निर्माण व्यवसायीले ५५ लाख लिएका र बाँकी ३० लाख भुक्तानी गर्न रहेको जनाए। 

लकडाउनका कारण सोचे जति काम गर्न नसकेको भन्दै निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। विद्यालयका प्रधानाध्यापक तेजबहादुर महत र जापानी दूतावाससँग सुविधासम्पन्न भवन निर्माणका लागि ११ मार्च २०१९ मा सम्झौता भएको हो।

सोही सम्झौता अनुसार विद्यालय व्यवस्थापन समितिले २०७६ वैशाख १५ गते न्यु लिजा कन्स्ट्रक्सन प्रालिलाई निर्माणको जिम्मा दिएको समितिका अध्यक्ष ईश्वरीप्रसाद आचार्यले जानकारी दिए। सम्झौताअनुसार २०७६ असोज मसान्तसम्म भवन बनाइसक्नुपर्ने थियो।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.