|

एजेन्सी : अमेरिकाले जर्मनीमा तैनाथ सेनालाई एसियामा पठाउने बताएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ब्रसेल्स फोरममा यसबारे बताएका हुन्।  

उनले भनेका छन्, ‘चीनबाट भारत तथा दक्षिणपूर्वी एसिया खतरा बढ्दै गएको छ, यस्तो अवस्थामा युरोपबाट हामी आफ्ना सेना कटौती गर्न सक्छौं।’ तर उनको यस भनाइलाई लिएर कतिपय युरोपेली राष्ट्रले भने असमर्थन जनाएका छन्। उनीहरुले युरोपकै राष्ट्र रसियाबाट आफ्नो देश असुरक्षित रहेको बताउँदै आएका छन्।

जर्मनीमा हाल ५२ हजार अमेरिकी सेना रहेका छन्। त्यहाँको सेनाको संख्या कटौती गरी २५ हजारमा झारिने उनले बताएका छन्। भारत र चीनबीच लद्दाखको गलवानमा २० सैनिकको ज्यान जाने गरी भएको घटना तथा दक्षिण एसियाली देशमा बढ्दै गएको चीनको प्रभाव रोक्ने गरी उक्त कदम चालिने पोम्पियोले यस्तो बताएका हुन्। 

जर्मनीबाट सेना कटौती गर्ने विषयमा केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत बताएका थिए। पोम्पियोले भने, ‘चीनबाट एसियाका इन्डोनेसिया, फिलिपिन्स, भियतनाम, मलेसियालगायत देशलाई खतरा छ, त्यसलै यी देशहरुको सुरक्षा व्यवस्थापनलाई ध्यान दिनु जरुरी छ।’

अमेरिका तथा युरोपियन युनियन चिनियाँ धम्कीविरुद्ध एकताबद्ध 

भारत–चीन सीमामा भएको झडप, चीनको साउथ चाइना सीमा भएको हस्तक्षेप र चीनको नीतिबारे खुलेर उनले आफ्नो धारणा राखेका थिए। उनले चीनको विरोधका लागि अमेरिका र इयू पनि एक भएको र यसका विरुद्ध तयारी थालिएको बताए।

उनले ट्रान्स एटलान्टिक एलाइन्समा चीनको खतरालाई लिएर साझा समझदारी बनाउनेमा पनि मद्दत मिल्ने बताए। पोम्पियोले ब्रसेल्स फोरममा बोलेको यो भनाइलाई हाल एसिया तथा अमेरिकामा अर्थपूर्ण ढंगले हेरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.