|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलामा रेविज रोगका कारण वस्तु मर्न थालेका छन्। २८ दिनअघि बहुलाहा कुकुरको टोकाइबाट रेबिज लागेका स्थानीय नारायण थापाका भैँसी, तेजा चौधरीको गाई र बेदबहादुर कार्कीको खसी मरेको हो ।  

स्थानीय रामशरण चौधरीको  गाईसहित १० बस्तुभाउलाई एकै दिन बहुलाहा कुकुरले टोकेको थियो । बहुला कुकुरको टोकाइबाट वस्तुभाउको मृत्यु हुन थालेपछि स्थानीय त्रसित बनेका छन्। भैँसीलाई कुकुरले टोकेपछि स्थानीय यादव खरेलमार्फत भ्याक्सिन लगाएको किसान नारायण थापाले बताएका छन । 

उनले सम्बन्धित पक्षले पहल गरि क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन। २८ दिनअघि कुकुरले टोकेको भैँसी बिहीवार मरेको थियो । भैँसी मरेपछि थापाका परिवारका ४ सदस्यले रेबिजको भ्याक्सिनसमेत लगाएका छन्।  

यसअघि स्थानीय बेदबहादुर कार्कीको खसी भने कुकुरले टोकेको १२  दिनमै मरेको थियो। केही दिनअघि चौधरीको गाई मरेको थियो। खरेलले आफूले नगरपालिकाले उपलब्ध गराएका सुई मात्र लगाउने गरेको बताएका छन्। 
यता पशु चिकित्सक खडक मैनालीले भने सबै वस्तुहरुलाई मुखमा नै टोकेर दिमाग नजिक परेकाले उपचार गर्दा पनि सुधार हुन नसकेको  प्रतिकृया दिएका छन्।

मैनालीले पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरबाट औषधि ल्याएर भ्याक्सिन लगाएको बताए । यता स्थानीय उपचारमा संलग्न खरेलले एक डोज गरुडादेखि ल्याएर उपचार गरेको जानकारी दिँदै यसअघि पनि रेविज लागेको कुकुरले टोकेको उपचारको गर्दा पनि सुधार हुन नसकेको बताए ।  

दुःख गरेर पालेको वस्तुभाउ मरेपछि किसानहरू चिन्तित देखिएका छन्। बहुलाहा कुकुरलाई भने त्यही दिन गाउँलेले मारेका थिए । रेविजको सुई लगाउँदा समेत भटाभट वस्तुभाउ मरेपछि यसको उपचारमा समेत शंका उत्पन्न भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.