|

सर्लाही : बर्खा लागेसँगै सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका छन् । मनुसन लागेसँगै खोलाको बगर र चुरे पाखाका गोरेटो बाटाहरु अवरुद्ध हुन थालेका हुन्।

सडक नपुगेको चुरे भेगका नागरिक हरेक सालको बर्खायामका केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन्। पूर्व–पश्चिम राजमार्गमा पर्ने बागमती, हरिवन लालबन्दी, र ईश्वरपुर नगरपालिकाको चुरेमा पर्ने बस्तीहरुमा सडक अवरुद्ध भएका छन्। 

जसका कारण आवतजावतमा समस्या हुने लालबन्दी नगरपालिका–१२ का वडाध्यक्ष दुर्गाबहादुर आलेको बताए। ईश्वरपुर नगरपालिका–१२ मा पर्ने पिपलदमार, गुइडुङ, छोड्के, लामिदमार, अड्डी, लालबन्दी नगरपालिकाको वडा नम्बर १५ को शिरकालिन्जोर, तीनतले, भित्रीखोला, लालबन्दी–१४ को नारायणखोला, वडा नम्बर १२ र १३ का चुरेबस्ती, हरिवन नगरपालिका–१ र ८ का चुरे बस्तीका सडक पानीका कारण डुबानमा परेका छन्। त्यस्तै बाग्मती नगरपालिका–१ र १२ मा पर्ने चुरे क्षेत्रका बस्तीमा जाने सडकसमेत पानीले बिगारेको स्थानीयले बताएका छन्। 

खोलाको बगर एवं चुरे पहाडका गोरेटो बाटो ठाउँ–ठाउँमा बिगिँ्रदा पानीपँधेरो गर्नदेखि औषधोपचारका लागि अस्पतालसम्म जान समस्या हुन थालेको नगरपालिका–१ धिमिलेका स्थानीय सन्त राईले गुनासो गरे।

खोलामा बाढी आउँदा चुरेबासीलाई बर्खायाममा एक बस्तीबाट अर्कोमा जानसमेत मुस्किल भएको छ। हिउँद लागेपछि भने चुरेका गोरेटो बाटो गाउँले आफैं र बगरको बाटो यातायात व्यवसायी मिलेर मर्मत गर्दै चलाउने गर्छन्। 

असारको दोस्रो सातायता निरन्तर वर्षा भइरहेकाले सर्लाही हुँदै बग्ने बागमती, लखन्देही, फूलजोर, कालिन्जोर खोला आसपास र तटीय क्षेत्रका बस्तीका स्थानीय त्रसित भएका छन् । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.