चितवन : कैलालीबाट उपचार गर्न ल्याइएका एक जना कोरोना संक्रमितको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ। यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या २८ पुगेको छ।
कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी फोक्सोको समस्याबाट ग्रसित थिए।
स्वास्थ्यअवस्था जटिल बनेपछि ती संक्रमितलाई आइसोलेसनबाट सघन कक्षमा लगिएको थियो।
यसअघि ती बिरामी असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए। तर सो कलेजले असार ११ गते भरतपुर अस्पताल पठाएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।