|

रुपन्देही : कृषि मन्त्री घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा ठूलो संख्यामा सलह पसेको छ। त्यहाँको सैनामैना-६ बैकुण्ठपुरसहितका क्षेत्रमा अनगिन्तीको संख्यामा सलह देखिएका हुन्। 

मकै पाक्न लागेको सिजनमा सलह भारतबाट पसेका हुन्। राम्रो बर्षात् भएपछि अन्य खेतीबारी पनि हरियो फिरिरहेका बेला सलह पसेपछि कृषकको चिन्ता चुलिएको छ।

शनिबार दिउँसो रूपन्देहीको बुटवल र सैनामैनासहितका क्षेत्रमा सलह देखिएपछि कृषकको पीर बढेको छ। बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। 

ग्रामीण भेगमा पनि सलह देखिएपछि कृषकहरु खेतबारीमै पसेर धपाउन जुटेका छन्। हजारौं लाखौंको संख्यामा फट्याङ्ग्रो प्रजातिको सलहले खाएपछि केही बेरमै हरियो बालीको डाँठ मात्रै बाँकी राखिदिन्छ। 

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरूबाट सलह कीरा भेटिएको बताउँदै विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेका छन्। रुपन्देहीकै सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छोपेर डिब्बामा राखेर कृषि कार्यालयमा खबर गरेका थिए। 

फोटोहरु : मुकुन्द पोखरेल

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.