|

स्याङजा :  स्याङजामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। रुपन्देही घर भइ वालिङ ५ बस्दै आएका लोक ब. थापा सोही स्थानको लसुने खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।  

चार दिन  यता परेको अविरल वर्षाका कारण स्याङजाको सिद्धार्थ राजमार्गमा समेत दर्जनौ स्थानमा पहिरो गएको छ। स्थानिय तहले पहिरो हटाउन राजमार्गमा राखेका छन्।  ग्रामीण भेगका सयौँ घरहरु पहिरोको जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति स्याङजाले पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.