|

लमजुङ : लमजुङको विभिन्न स्थानमा सलह कीरा देखिएको किसानले बताएका छन्। कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाको सुन्दरबजार, क्व्होँलासोँथरको सिङ्दी क्षेत्रका किसानहरूले सलह देखिएको जानकारी दिएका हुन्।

सुन्दरबजार नगरपालिका ६ फेदी कुनामा सलह देखिएको कृषि ज्ञान केन्द्र लमजुङका कृषि प्रसार अधिकृत अधिकारी मदन रेग्मीले बताए। यहाँ देखिएका कीरा हेर्दा र अनुसन्धान गर्दा सलहकै प्रजाति  पुष्टि भएको र जिल्लाका केही स्थानमा थोरै संख्यामा मात्रा देखिएको रेग्मीले जानकारी दिए। 

यात्राको क्रममा हावाको गति र पानीका कारण थोरै मात्रामा झरेको हुनसक्ने कृषि प्राविधिकहरुको अनुमान छ। प्रारम्भिक अनुसन्धानका क्रममा तत्काल बालीभित्र हानि गर्ने खालको नरहेको केन्द्रले जनाएको छ। 
यद्यपि ज्ञान केन्द्रले सलहबाट खेतीबारी बचाउन किसान र सबै कृषि शाखामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको। 

सलह रातमा निस्क्रिय र पानी परेका कारण कम सक्रिय हुने भएकाले पनि अहिले नदेखिएको हुन सक्ने कृषि प्राविधिकहरुको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.