|

सिन्धुपाल्चाेक : निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन्।

भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे बेपत्ता भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।  

आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए। बेपत्ता मजदुरको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.