|

कोभिड–१९ (कोरोना) भाइरस संक्रमितको उपचारका लागि आवश्यक खोप बनाउन ६ अर्ब डलर (करिब सात खर्ब ३६ अर्ब रुपैयाँ) जुटेको छ। 

रोयटर्सका अनुसार युरोपेली संघ (इयु) सहित विश्वका विभिन्न मुलुक र संस्थाहरुले कोरोना विरुद्धको खोप बनाउन यो रकम योगदान गरेका हुन्।

शनिबार आयोजित 'ग्लोबल फण्डरेइजिङ मिटिङ'मा  माइली साइरस, जस्टिन बीबर, शकीरा, क्लो एक्स बैले, उशर लगायत कलाकारहरुले प्रस्तुती समेत दिएका थिए। विश्वका प्रमुख टेलिभिजनबाट यो सम्मेलन प्रसारण गरिएको थियो। 

खोप अनुसन्धान र विकासका लागि युरोपेली इन्भेष्टमेन्ट बैंकले ५ अर्ब ५० करोड, अमेरिकाले ५४ करोड ५० लाख डलर, जर्मनीले ३८ करोड ३० लाख युरो, क्यानडाले २१ करोड ९० लाख डलर र कतारले एक करोड डलर योगदान गरेको छ। विभिन्न ४० मुलुकले यो सम्मेलनमा सहभागिता जनाएका थिए। 

संकलित रकम कोरोना परीक्षण, उपचार र खोपका लागि खर्च गरिनेछ। साथै, विश्वका अति विपन्न र सीमान्तकृत समुदायलाई पनि सहयोग गरिने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.