|

काभ्रे :   क्योकुसिन कराँते तथा उसुका अन्तर्राष्ट्रिय खेलाडी वीरमान वाइवाको निधन भएको छ। 

एसियन गेम्सको छनोट प्रतियोगिताका रुपमा रहेको राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै एसियन कपका लागि छनोट भएका काभ्रेको बेथानचोक गाउँपालिका–६ स्थित मेधाम्सुका वाइवा आफ्नै घरमा सुतिरहेको स्थानमै निधन भएको हो। 

सामान्य र स्वस्थ रहेका उनी शनिबार फुटबल खेलेर खाना खाएर सुतेको र बिहान मृत अवस्थामा भेटिएको परिवारिक स्रोतको भनाइ छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत भेटिएका वाइवा के कारणले मृत्यु भयो भन्ने बारे यकिन भइनसकेको प्रहरीले जनाएको छ।

त्यस्तै मृतक वाईबाका आफन्त तथा भतिजी क्रिश्मा वाइवाले बेलुका परिवारसँगै बसेर खाना खाई सुतेका उनी विहान अबेरसम्मै नउठेपछि हजुर आमाले उठाउँन जाँदा सुतेको स्थानमै मृत अवस्थामा भेटिएको बताइन्। ‘शनिबार साथीहरुसँग फुटबल खेलेर घर आउनु भएको थियो।’ उनले भनिन्, ‘सुत्नुअघि सबैसँग राम्रै कुराकानी गरेर सुत्नु भएको हो तर विहान नसोचेको अवस्थामा भेटिनु भयो।’

वाइवा विभागिय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्। क्योकुशिन फुल कन्ट्याक्ट करातेबाट खेल जीवनको सुरुवात गरेका मृतक वाइवाले  क्योकोसिन करातेमा नेपालको तर्फबाट १० पटकभन्दा बढी च्याम्पियन बनिसकेका छन्।
 
फुलकन्ट्याक कराते हुँदै किक बक्सिङ कुङ फु मुवाथाई समेत खेलेका वाइवा पछिल्लो समय भने उसु खेलमा लागेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.