|

डडेल्धुुरा : पहाडी जिल्लाका थोरै तालहरूमा मात्रै कमलका बिरुवा पाइन्छन्‌। डडेल्धुराको बगरकोट (भागेश्वर) ताल पनि कमल फूल्नेमध्येको एक ताल हो।

तर पानीको मुहान र ताल क्षेत्र संरक्षण नहुँदा ४/५ वर्षयता यो तालमा कमल फूलेको थिएन। खडेरीका कारण ताल लगभग सुकिसकेको थियो। 

भागेश्वर गाउँपालिकाले बजेट विनियोजन गरी ताल संरक्षण थालेपछि झण्डै आधा दशकपछि यो तालमा फेरि कमल फूल्न थालेको छ। वर्षा सुरू भएसँगै यतिखेर तालमा पानीको सतह बढेको छ भने त्यसमाथि फूल फूलेका कमलका बिरुवा तैरिइरहेका छन्‌। 

सुदूरपश्चिमको पहाडी क्षेत्रमा रहेकामध्ये यो तालमा मात्र कमलको बिरुवा पाइन्छ। गाउँपालिकाको केन्द्र बगरकोटमा रहेको यो ताल धार्मिक द‌ृष्ट्रिले समेत महत्वपूर्ण मानिन्छ। भागेश्वर देवताका नामबाट नामाकरण भएको यो तालनजिकै भागेश्वर मन्दिर रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.