|

एजेन्सी : सुशान्त सिंह राजपूतको निधन भएको आज १६ दिन पुगेको छ। उनको निधन पश्चात् उनीसँग काम गरेकी नायिका भूमि पेडणेकरले उनको नाममा ५ सय ५० जना गरिबलाई खानाको व्यवस्थापन गरेकी छिन्। भूमिले अभिषेक कपूर की पत्नी प्रज्ञाको साथ 'द अर्थ फाउण्डेशन' को साथ मिलेर ५ सय ५० जना गरिबलाई खानाको व्यवस्था गरेकी  उनले आफ्नो इन्स्टाग्राम तस्विर राख्दै भनेकी छिन्, 'फाउण्डेशनको माध्यमबाट करिब ५ सय ५० जना परिवारलाई खाना खुवाउने संकल्प लिएको छु। आउनुहोस् खानाको जरुरत पर्ने परिवारलाई मद्दत गरौ।'  

सुशान्तले आफ्नै फ्लाटमा आत्महत्या गरेका थिए।  उनीसँग काम गरेका कयौं कलाकारले उनको निधन भएको विश्वास गर्न सकेका छैनन्। भूमिले पनि सोनचिरैया फिल्ममा सुशान्तसँग सगैँ काम गरेकी थिइन्।

उनको मृत्यु पश्चात् भावुक हुदैँ भूमिले लेखेकी थिइन्, 'तिम्रो आत्माले शान्ती पाओस। म तिम्रो मृत्युको खबरले दुखी छु। म धर्तीबाट ताराको सामू तिमिलाई देखिरहेको छु। तारासँगै तिमि चम्किरहेका छौं।  किन कि तिमी सदैज स्टार हौं, प्रिय सुशान्त।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.