|

कञ्चनपुर : कञ्चनपुरमा चोरीका मोटरसाइकलको नक्कली ब्लु बुक बनाई बेच्ने गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल चोरी गरी नक्कली कागजपत्र बनाई बिक्री तथा प्रयोग गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर टोलीले १२ जनालाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीका अनुसार पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ का ३५ वर्षीय बहादुर राना, २४ वर्षीय रामदयाल राना बेदकोट नगरपालिका–६ का ३५ वर्षीय राजकुमार राना, २५ वर्षीय हरेन्द्र राना छन्। यसैगरी  ३० वर्षीय सुबेश राना, लालझाडी–१ का ४२ वर्षीय रामनिवास राना, शुक्लाफाँटा नगरपालिका–१२ का २७ वर्षीय श्याम रानालाई पक्राउ गरिएको छ।

बेदकोट नगरपालिका–६ का २८ वर्षीय रामलाल राना, बेदकोट–५ का १८ वर्षीय प्रदिप राना, २७ वर्षीय लक्ष्मी राना र यायायात व्यवस्था कार्यालय धनगढीमा कम्प्युटर अपरेटर ३० वर्षीय जितेन्द्र राना र कार्यालय सहयोगी ४५ वर्षीय गणेश भट्टराईलाई समेत प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका व्यक्तिहरुबाट आठ वटा मोटरसाइकलसहित नक्कली ब्लुबुक बरामद गरिएको छ। चार वटा मोटरसाइकल बिक्री गरेको पाइएको छ प्रहरी उपरीक्षक मरासैनीले बताए। पक्राउ परेका दुई कर्मचारीसहित १२ जनाविरुद्ध सरकारी कागज किर्तेअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया बढाइने उनको भनाइ रहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.