|

तनहुँ : ​बहुलवादमा आधारित नेपालको संविधान कम्युनिष्ट सरकारले स्वीकार्न नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन्। नेकपाकै कारण देश संकटको अवस्थामा पुगेको उनको भनाइ थियो।

सोमबार कोभिड १९ र यसले समाजमा महिलामाथि पारेको प्रभाव र हाम्रो भूमिका विषयक जुम भर्चुअल अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले भने, ‘कोभिडलाई रोकथाम तथा नियन्त्रणमा समेत सरकारले समयमा निर्णय गर्न सकेन, आवश्यक क्वारेन्टाइन तथा आइसोलेसनको उचित व्यवस्थापन गर्न पनि सकेन।’

हरेक तवरबाट कोभिड संक्रमणको नियन्त्रणमा सरकार चुकेको पनि उनले आरोप लगाए। कोभिड संक्रमणबाट पुरुष मात्रै नभएर महिला पनि संक्रमित हुने भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको उनको भनाइ थियो। देशमा कोभिड संक्रमण फैलिएको अवस्थामा कमाउने धन्दा मात्रै गर्दा भ्रष्टाचार र लुट मच्चिएको बताए। 

नेकपा सरकारले जातीय समानताको नारा लगाएपनि त्यो पूरा गर्न भने नसकेको र नेकपा सरकार उदाएको क्षेत्रमा नै जातीय विभेद भएको उनको भनाइ थियो। एमसिसीको विषयमा भने नेता पौडेलले नेकपा सरकारको साथ दिएको बताएका छन् । एमसिसीले गर्दा अन्य दातृ निकायहरु रुष्ट नहुन् भने नहुने धारणा राखेका थिए।

नेपाल महिला संघ बाग्लुङका सभापति शकुन्तला शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.