|
फाइल फोटो

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडामा तीन हजारभन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ। वडा नं ४, ५ र १० का विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिएको टोलीले सोमबार १६ सयभन्दा बढी गाँजाका बोट नष्ट गरेको हो। नगरपालिकाको वडा नं ४ र ५ क्षेत्रभित्र झण्डै ५ रोपनी जग्गामा उम्रिएर फैलिएको १६ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रनाउ काफ्लेले जानकारी दिए।

सोमबार नै वडा नं १० स्थित देउरालीमा पनि साँगाचोक प्रहरीले १५ सय गाँजाका बोट नष्ट गरेको थियो। लागु पदार्थ सेवनबाट आपराधिक घटना बढ्ने भन्दै जिल्लाभर भीर, पाखा र व्यक्तिका जग्गामा उम्रिएका गाँजाका बोट नष्ट गरिने प्रनाउ काफ्लेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.