|

गुल्मी : गुल्मीमा सालको अवैध काठ प्रहरीले बरामद गरेको छ। रुरुक्षेत्र गाउँपालिकाको भटुकादेखि ट्रयाक्टरमा रिडीतर्फ ल्याउँदै गरेको ६४ दशमलब २६ क्युफिट गोलिया काठ प्रहरीले बरामद गरेको हो।

लु ४ त १३७१ नम्बरको ट्रयाक्टरसहित काठदब बरामद गरिएको छ। काठ डिभिजन वन कार्यालय रिडीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए। 

यता डिभिजन अवैध काठबारे अनुसन्धान गरिरहेको जनाएको छ। डिभिजन वन कार्यालय गुल्मीका प्रमुख  प्रभात सापकोटाका अनुसार सब डिभिजन वन कार्यालय रिडीका सहायक वन अधिकृत पहलमान सेरबुजालाई अनुसन्धान गर्नका लागि तोकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.