|

म्याग्दी : म्याग्दीमा दुईजनमा स्क्रब टाइफस पोजेटिभ देखिएको छ। रातो बिमिरा र ज्वरो आएपछि बेनी अस्पतालमा भर्ना भएका मालिका गाउँपालिका–५ देवीस्थानका २३ वर्षीय युवा र बेनी नगरपालिका–६ की ४५ वर्षीया महिलामा स्क्रब टाइफस संक्रमण देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।

दुवैको अस्पतालमा उपचार भइरहेको छ। गत बैशाख यता म्याग्दीमा साताजनामा स्क्रब टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ। 

गत वर्ष पहिलोपटक एकजनामा स्क्रब टाइफस देखिएको थियो। यस वर्ष सबैभन्दा धेरे बेनी नगरपालिकामा पाँचजनामा देखिएको छ। बेनपा–६ थाकनपोखरी, छापा, अर्थुङे, बेनपा–९ काउलेगौडामा र मंगला गाउँपालिका–५ अर्मनका १ पुरुषमा स्क्रब टाइफस देखिएको छ। तीमध्ये पाँच महिला र दुई पुरुष रहेका छन्।

मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातिको सूक्ष्म किराको माध्यमले स्क्रब टाइफस मानिसमा सर्ने बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए। यस रोग समयमा पत्ता नलागेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्ने  डा. अधिकारीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.