तनहुँ : दमौली युनेस्को क्लबले तनहुँका पत्रकारका लागि प्रेस अङ्कित ज्याकेट, सेनिटाइजर, मास्कलगायतको सामग्री वितरण गरेको छ। कोरोना भाइरसको संक्रमणमा पनि अग्रपंक्तिमा खटिने सञ्चारकर्मीको सुरक्षाका लागि उक्त सामग्री प्रदान गरेको हो।
क्लबका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ तनहुँमा पूर्वअध्यक्ष प्रदीप काफ्लेले समाचार संकलनमा सहज होस् भनी सामग्री प्रदान गरिएको बताए। क्लबले ३२ जना सञ्चारकर्मीलाई उक्त सामग्री प्रदान गरेको हो।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सञ्चारकर्मीलाई उक्त सामग्री प्रदान गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।