|

लमजुङ : लकडाउनका कारणका सडकमा पार्किङ गरेको माइक्रो बस चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्होलासोँथार गाउँपालिका–१ का गजेन्द्र परियार रहेको प्रहरीले जनाएको छ।

लमजुङ सदरमुकाम समेत रहेको बेंसीशहर नगरपालिका–२ भकुण्डेमा पार्किङ गरी राखेको स्थानीय राजेश धितालको बा २ ख ७९६७ नम्बरको माइक्रो बस गत आईतबार राति चोरी गरी परियारले सुन्दरवजार पुर्याएका थिए। सुन्दरवजार–२ हाँडेटार नजिकै दुर्घटना भएपछि प्रहरीले त्यहीबाट परियारलाई पक्राउ गरेको हो।

माइक्रोबस चोरी भएको प्रहरीमा निवेदन आएसँगै बस र चोरी गर्ने व्यक्तिको खोजी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार परियारले माइक्रो बस चलाएर सुन्दरवजारसम्म पुर्याएका थिए।

प्रहरी नियन्त्रणमा रहेका परियारलाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.