|
फाइल फोटो

विज्ञहरुले अमेरिकामा दैनिक एक लाख मानिसमा कोरोना संक्रमण हुनसक्ने बताएका दिएका छन्। यतिखेर अमेरिकामा दैनिक ४० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन्। 

संक्रामक रोग विशेषज्ञ एवम टास्क फोर्स सदस्य डाक्टर एन्थोनी फाउचीले आउँदा दिनमा अमेरिकाले झनै विपद सामना गर्नुपर्ने बताएका हुन्।

महामारी तत्काल नियन्त्रण हुने सम्भावना नरहेको र सजगता नअपनाए दैनिक एक लाख मानिस संक्रमित हुने उनले चेतावनी दिएका छन्। 

फाउचीका अनुसार भौतिक दुरी कायम राख्न र मास्क लगाउन अझै ढिला गरे अमेरिकाको अवस्था निकै दयनीय बन्नेछ। 

हालसम्म अमेरिकामा २६ लाख २९ हजार ३७२ जना संक्रमित भेटिएका छन्। यीमध्ये पाँच लाख नौ हजार ७९९ जनाको ज्यान गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.