|

काठमाडौं : धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार स्थगन गरेको छ। 

स्टकका अनुसार हिजोकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको हो । कोरोना महामारीका कारण झण्डै एक सय दिनपछि खुल्दा अस्ति सोमबार नेप्से दोहोरो अङ्कले घटेको थियो । 

हिजो र आज भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ । स्टकका अनुसार नेप्से आज ७५ दशमल ७७ अंकले बढेर १३ सय ३६ दशमलव ५२ बिन्दुमा पुगेको छ। 

‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १५ दशमलव १ अंकले बढेको छ । कूल १ सय ३५ कम्पनीको ११ लाख १ हजार २ कित्ता शेयर किनबेच हुँदा ४० करोड ७३ लाख ५२ हजारको कारोवार भएको छ। 

कारोबारमा सूचीकृत १२ उपसमूहमध्ये होटल उपसमूहको सेयर ओरालो लाग्दा बाँकी ११ समूहको सेयर बढेका छन् । कारोबार रकमका आधारमा अगाडी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर  ६ करोड ७६ लाख ९४ हजार रुपैंयामा खरिद बिक्री भएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.