|

इलाम : कुवेतबाट फर्किएका इलामका २ जना महिलामा कोरोना संक्रमण देखिएको छ। सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० वर्षीया र वडा नं १४ की २४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो। असार ८ र ९ गते क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब असार १२ गते संकलन गरेर परीक्षणमा पठाइएको सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पसर्न बिपुल अधिकारीले जानकारी दिए।

दुवैजनालाई उपचारको लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए। बुधबार २ जना भेटिएसँगै इलाममा १० जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको हो।

पछिल्लो समय विदेशबाट उद्धार गरी ल्याइएकाहरूमा कोरोनाको संक्रमण देखिन थालेको हो। इलामका हालसम्म पोजेटिभ देखिएका १० जनामध्ये ओमानबाट ३ जना, भारतबाट आएका ४ जना, कुवेतबाट आएका २ जना र साउदी अरबबाट आएका १ जनामा कोरोनाको संक्रमण देखिएको हो। संक्रमितमध्ये २ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्।

इलाममा पहिलो कोरोनाको संक्रमण जेठ २७ गते देखिएको थियो। जेठ ३० गते दोस्रो संक्रमण देखिएको इलाममा असार १३ गते एकैदिन ५ जनाको रिर्पोट पोजेटिभ आएको थियो। असार १४ गते १ जना र आज २ थपिएका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.