|

काठमाडौं : पछिल्लो समय अन्तर्वार्तामा दिएको अभिव्यक्तिले कलाकार विवादित बन्‍न थालेका छन्। यसै विषयलाई लिएर कलाकार दीपकराज गिरीले अन्तर्वार्ताका लागि पत्रकारसँग प्रशस्त छलफल गरेर मात्र  तयार हुन कलाकारलाई आग्रह गरेका छन्। उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो व्यक्तित्व, आधा घण्टाको अन्तर्वार्ताबाट स्वाहा नपार्न सुझाव दिएका छन्।

यतिबेला कलाकार पूजा शर्मा ट्रोलको शिकार बनिरहेकी छन्। कारण- एक भिडियो अन्तर्वार्तामा पत्रकारले सोधेको प्रश्नमा कलाकार शर्माले अकमकाउँदै नेपालमा ७२ प्रदेश र १४ वटा जिल्ला छन् भनेपछि उनी ट्रोलको शिकार भएकी हुन्।

घण्टौं क्यामेराअगाडि फतफताएर कलाकारले आफूलई धेरैपल्ट सस्तो पनि बनाएको उनले बताए। 'कोही राष्ट्रियता बारेमा सचेत हुँद हुँदै कुरा स्पष्ट भन्न नसक्दा फन्दामा परेका छन्। कोही राजेश हमाल सुपरस्टार हो कि होइन भन्ने बारेमा चिप्लिएका छन्', उनले भने, 'उहॉले सुपरस्टार हो तर यो क्षेत्रको अभिभावकत्व पनि निभाउन पर्‍यो भन्न खोज्दा शब्द संयोजनमा समस्या उत्पन्न भई सुपर स्टार नै होइन भन्ने बुझिन गएको छ। यसबारे केही गम्भीर हुने कि?'

राम्रो नियत भएको, समाचार शीर्षकमा जोड नदिने, सकारात्मक पत्रकारिता गर्ने साथीहरूलाई कलाकारले  कहिल्यै स्थान नदिएको पनि गिरीले बताए। 'चटपटे शीर्षकहरूका लागि २४ घन्टा उपलब्ध हुन्छौँ हामी, चलचित्रको प्रमोशनदेखि हरेक कुरामा कुनै सिमाना राख्दैनौँ, अन्तर्वार्तालाई सामान्य रूपमा लियौँ र लिन्छौँ पनि', उनले लेखेका छन्, 'घन्टौँ क्यामेरा अगाडि फतफताएर आफूले आफूलाई धेरैपल्ट सस्तो पनि बनायौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.