|

सल्यान : जिल्ला कारागार सल्यानका कैदीबन्दीहरूले कारागार भित्रै आन्दोलन गरेका छन।

कारागार सल्यान बाट ५ जना कैदीबन्दीहरूलाई तुलसीपुर कारागार सरुवा गर्न लागेको विषयमा विरोधमा कैदी बन्दीहरूले नाराबाजी गरेका हुन। 

यस्तै, कैदीबन्दीहरूले खरिद गर्न लगाएको सामाग्रीको मुल्य महँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेको लगायतका समस्या  उठान गरी कैदीबन्दीहरूले नाराबाजी गरेको कारागार सल्यानले जनाएको छ। 

कैदीबन्दीहरूले राखेका मागहरूको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए। 

छानबिन समितिले घटनाको बारेमा प्रतिवेदन तयार पारेर १५ दिन भित्र प्रशासन कार्यालयमा पेश गर्ने र त्यसपछि अवस्था अनुसारको आवश्यक प्रकृया अगाडी बढाउने उनले बताए।

कारागारका प्रमुख जेलर बल बहादुर केसीले शान्ति सुरक्षाको सवाल भएका कारण अहिले सरुवाको प्रकृया अगाडी बढाएको समयमा जान नचाहने समुहले आन्दोलन गरेको प्रतिकृया दिए।

उनले कारागारमा क्षमता भन्दा बढी कैदी भएका कारण जघन्य अपराधको सजाय भोगी रहेकाहरूमध्ये ५ जनालाई तुलसीपुर सरुवा गर्न भनेर कारागार व्यवस्थापन समितिसँग अनुमति माग्ने प्रकृया चलिरहँदा कैदीले एक्कासी आन्दोलन  थालेको बताए।

हाल जिल्ला कारागार सल्यानमा १ सय १३ जना रहेका छन। ति मध्ये ९३ जना पुरुष, १७ जना महिला र ३ नाबालक रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.