|

कपिलवस्तु : कपिलवस्तुका थारु समुदायमा यती बेला धान रोप्ने चटारो छ। वर्ष भरलाई खान पुग्ने खाद्यान्न उब्जाउन अहिले उनीहरू रोपाइँमा व्यस्त छन्।

चर्को गर्मीको मौसममा पनि उनीहरू निरन्तर काममा खटिएका छन्। गर्मी छल्न छतरी (बाँस र पात राखेर बनाएको छाता) ओढेर खेतमा काम गरी रहेका छन्।

धान रोप्नका लागी धेरै युवाहरू मुग्लानबाट जन्मभूमि आएका छन्। १४ दिनको क्वारेनटाइन पछि युवाहरू घर पुगेका हुन्।

एक हप्ता देखी उनीहरू धान रोप्न, बीउ काढ्न व्यस्त देखिन्छन्। महिलाहरू धान रोप्छन्, पुरुष हलो जोत्छन् बाँकी काम सबै मिलेर गर्छन्। सबैलाई चाडै सक्ने हतार रहेको छ।

रोपाई सकिने दिन उनीहरू ‘शख्लाहारा’ मनाउँछन्। शख्लाहाराको दिन हिलो खेल्ने, हरेरी गीत गाउने र साँझ खेरिया (कर्कलोको एक परिकार) तथा माछा-मासुको पिरो परिकारसँग मदिरा पान गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.