|

काठमाडौं : अफ्रिका, भारत हुँदै नेपाल आएको सलह कीराले किसानको वालीमा पुर्‍याउने क्षति रोक्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। सांसदहरु  डिला संग्रौला, पद्म नारायण चौधरी र मीना सुब्बाले आज बिहीबार संकल्प प्रस्ताव दर्ता गराएका हुन्। 

सलह कीरा नेपाल भित्रिने पूर्वानुमान हुँदा हुँदै पनि सरकारको तर्फबाट आवश्यक सतर्कता नपाउँदा किसानहरूले क्षति भोग्नु परेकाले सलह कीरा तत्कालै नष्ट गर्न र खाद्यान्न वालीमा थप क्षति हुन नदिन विशेष कार्यक्रम सञ्चालन गर्न सांसदहरुको माग छ।  

‘ढिलो नगरी खेती जोगाउन कृषक, स्थानीय तहदेखि संघीय तहसम्मका सरकारी निकाय र विशेषज्ञ सक्रिय हुन आवश्यक छ,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘कृषकलाई बाली संरक्षणमा लाग्दा अरू रोजगारीको अवसर गुम्न गई जीवनयापनमा समस्या हुन सक्छ ।’   अहिले नेपालका अधिकांश जिल्लामा सलह कीराले बालीनाली खाएर किसानलाई हैरान पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.