|

काठमाडौं :  निर्माता, निर्देशक तथा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो बारेमा झूटा प्रचार नगर्न चेतावनी दिएका छन् ।

नायिका शाहले पहिलो फिल्म खेल्दा आफूलाई केसीले घिनलाग्दो व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि केसीले पिता समानको मान्छेलाई अनेक आक्षेप लगाउँदा आफू मानसिक रुपमा विक्षिप्त भएको केसीले बताए।

उनले भने, 'करिब् ४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी पुन त्यस्ता मान मर्दन हुने प्रकारका सामग्रीहरु इन्स्टाग्रम,फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्न, हुन सुचित गर्दछु।'

नायक केसीले अब आइन्दा आफ्नो मानमर्दन हुने कुनै किसिमको पोस्ट गरेर कानुनी कारबाही गर्ने उल्लेख गरे। ' मेरो यो सुचनाको बाबजुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्य रु गरे/गराएमा तपाईंउपर प्रचलित साइबर कानुन र मानहानीसम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानि नोक्सानीउपर तपाईंबाट यथाेचित क्षतिपूर्ति गराउने र तपाईंलाई कानुन बमोजिम सजायको भागेदारी गराउनु आवश्यक कानुनी प्रकृयाको थालनि गर्नेछु', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.