|

काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौंडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।  

विशेष सूचनाका आधारमा आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट १० हजार घुस रकमसहित  पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको छ ।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै  कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उहाँलाई रङ्गेहात पक्राउ गरिएको बताइएको छ। 

पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको आयोगको कार्यालय  हेटौंडाका सूचना अधिकारी  शिवराज रेग्मीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.