|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ प्लेग भनेका छन्। 

कोरोना भाइरसलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक चीनमाथि खनिएका हुन्। उनले कोरोना भाइरसलाई चिनियाँ प्लेग भनेको बीबीसीले जनाएको छ। ‘यो फैलनु हुँदैनथ्यो तर चीनले रोकेन’ ट्रम्पले भने। चीनसँग आफूहरुले गरेको नयाँ व्यापार सम्झौताको मसी नसुक्दै कोरोनाको महामारी आएको उनको भनाइ छ।

यसै गरी विश्वभर पछिल्लो २४ घण्टामा २ लाख बढी कोरोना संक्रमित थपिएका छन्। विभिन्न देशमा २ लाख ५ हजार संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै अमेरिकामा एकै दिन ५३ हजार ७ सय भन्दा धेरैमा नयाँ संक्रमण पुष्टि भएको छ। 

ब्राजिलमा ४८ हजार संक्रमित थपिएपछि संक्रमितको संख्या १५ लाख नाघेको छ ।  भारतमा २२ हजार, रसियामा ६ हजार ७ सय, पेरुमा ३ हजार ५ सय, मेक्सिकोमा ५ हजार ६ सय, पाकिस्तानमा ४ हजार ३ सय नयाँ संक्रमित भेटिएका छन्। विश्वभर हिजो ५ हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। 

सबैभन्दा धेरै ब्राजिलमा १२ सय ७७ जनाको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या ६१ हजार ९ सय ९० पुगेको छ । त्यसैगरी अमेरिकामा ६ सय १९, भारतमा ३ सय ७७, मेक्सिकोमा ७ सय ४१, इरानमा १ सय ४८, पाकिस्तानमा ७८, पेरुमा १ सय ८५, चिलीमा १ सय ६७ जनाको मृत्यु भएको छ । १ करोड ९ लाख ७० हजार कूल संक्रमितमध्ये ६१ लाख ३३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.