स्पेनिस ला लिगामा रियल मड्रिडले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ। गएराति भएको खेलमा खेलमा मड्रिडले गेटाफेलाई १–० ले हराएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमामड्रिडका कप्तान रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। माथियस ओलिभेराले मड्रिडका डानी कार्भाजललाई डिबक्समा फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ७९ मिनेटमा रामोसले गोल गरे।
जितसँगै मड्रिडले अंकतालिकामा ४ अंकको अग्रता बनाएको छ। शीर्षस्थानमा रहेको मड्रिडले ३३ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेल खेलेर ७० अंक छ।
यस्तै गएराति नै भएका अन्य खेलमा ओसाउनाले इबरलाई २–० ले हराउँदा रियल सोसिडाडले इस्पानियोलाई २–१ गोल अन्तरले पराजित गर्यो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।