|

काठमाडौं : सरकारले असार १ गतेबाट वैकल्पिक प्रणालीबाट पढाई सुचारु गर्नलाई देशभरका निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिइसकेको छ। कोरोना भाइरसको त्रासले यसपटक विद्यालयमा औपचारिक रुपमा पढाइ हुन सकेको छैन। सामुदायिक विद्यालय र कलेजले अनलाइन कक्षा सञ्चालन गर्न सकेको छैनन्।

यस वर्षको शैक्षिक सत्रमा धेरै विद्यार्थीहरु औपचारिक शिक्षा लिन बञ्चित भएका छन। गोकर्णको स्थित गोकर्ण माध्यमिक विद्यालयसँग अनलाइन कक्षाको लागि पर्याप्त शैक्षिक सामग्री नहुँदा नियमित कक्षा हुन हुन नसकेको विद्यालयका प्रधानाध्यपक सुस्मिता कार्कीले जानकारी दिइन्।

 ‘विद्यालयमा पर्याप्त मात्रमा ल्यापटप जस्ता प्रविधि छैन,’उनले भनिन,‘कतिपय शिक्षकसँगै छैन। त्यसैले समस्या छ। हामीले अहिले कक्षा ९ र १० लाई मात्रै अनलाइनको माध्यमबाट पढाइ गरिरहेको छौ।' धेरै विद्यार्थी गाउँ गएकाले अनलाइन कक्षा सञ्चालन गर्न समस्या भएको उनले बताइन्। विद्यालयको शिक्षा सञ्चालनमा गोकर्णेश्वर नगरपालिकाले प्रविधिको व्यवस्थापनमा सहयोग गर्न नसकेको उनले आरोप लगाइन्।

उनका अनुसार भर्चुअल कक्षा लिन भने विद्यार्थीलाई आग्रह गरिएको छ। स्कुलमा अघिल्लो वर्ष करिब ६ सय विद्यार्थी थिए भने, यस वर्ष एक सय जना मात्रै भर्ना भएका छन।

सुन्दरीजल,नयाँपाटीमा रहेको बालसुधार माध्यामिक विद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गर्न सकेको छैन। रेडियो,टेलिभिजनबाट चलाएको कक्षा नै विद्यार्थीले पढ्दै आएका छन। बालसुधार माविका प्रधानाध्यपक विन्दुराज खनालले पनि इन्टरनेट र प्रविधिको पहुँच नभएकाले अनलाइन कक्षा सञ्चालन गर्न नसकेको बताउँछन।

‘हामीले पाठ्यपुस्तक बाढ्दै आएका छौँ,’उनले भने,‘इन्टरनेट, ल्यापटप जस्ता प्रविधिको पहुँच नभएकाले अनलाइन कक्षा सञ्चालन गर्न सकेनौँ।’ उनका अनुसार अनलाइन कक्षा सञ्चालन गर्न नसकिएपनि स्कुलमा सामाजिक दुरी कायम गरी १० जना विद्यार्थीहरुको समूहमा स्कुलमै बोलाएर गृहकार्य दिएको छ।

 ‘अनलाइन कक्षाभन्दा पनि स्कुलमै बोलाएर होमवर्क दिएको शिक्षा प्रभावकारी हुन्छ की भनेर हामीले यस्तो गरेका हौं,’ उनले भने,‘कत्तिपय विद्यार्थीमा प्रविधि छैन। त्यसैले यही विधि अपनाएका होँ।’ लकडाउनले गर्दा अहिले सम्म पनि सबै विद्यार्थी भर्ना हुन नसकेको उनले जानकारी दिए। गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले कोरोना महामारीको संकटमा सामुदायिक र नीजि विद्यालयको समन्वयका सहयोगी कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

‘अहिले लकडाउनले सबै विद्यालयहरु बन्द छन,’उनले भने,‘हालको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गरी सहयोगी कार्यक्रम सञ्चालन गर्ने छौँ।’ उनका अनुसार अनलाइन कक्षा सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्ने छ। त्रिचन्द्र क्याम्पसमा पनि सञ्चालन छैन अनलाइर्न कक्षा सरकारी विद्यालय मात्रै नभई कलेजहरुले समेत अनलाइन कक्षा सञ्चालन गर्न सकेका छैनन्।

त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण खत्रीका अनुसार प्रविधि र इन्टरनेटको पहुच नभएकाले स्नातक तहको विज्ञान,मावविकीं लगायत संकायको अनलाइन कक्षा सञ्चालन हुन सकेको छैन। ‘सरकारले अनलाइन कक्षाको लागि भनेर केही प्रविधि उपलब्ध गराएको छैन,’उनले भने,‘हामीसँग जे छ त्यही प्रविधि प्रयोग गरेर एम ए तहको मात्रै अनलाइन कक्षा सञ्चालन गरेका छौँ। अरु तहको कक्षा सञ्चालन गर्न सकिएको छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.