|

बागलुङ : निरन्तर वर्षापछि आएको पहिरोका कारण जिल्लाको गलकोट नगरपालिकामा एक गोठ पुरिएको छ। गलकोट नगरपालिका–११ रिघामा पहिरोले गोठ पुरेको हो। गोठमाथिबाट आएको पहिरोले पुरिँदा गोठमा रहेको भैंसी, बाच्छा, गाई र गोरु मरेमा छन्। रिघा फेदीका दलबहादुर कुमालको गोठमाथिबाट पहिरो गएको वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिए।

बिहीबार रातिको समयमा पहिरो आएका शुक्रबार मात्रै पुरीएका चौपायको बाहिर निकालिएको थियो। बाढी र पहिरोका कारण जिल्लाको बडिगाड गाउँपालिकाका स्थानीय सडकहरु अवरुद्ध भएका छन्। स्थानीय साना लघु जलबिद्युत आयोजनाहरुका बाँध बगाउँदा विद्युत आपूर्ति बन्द रहेको गाउँपालिकाले जनाएको छ। ठाउँ ठाउँमा खसेको पहिरोका कारण जिल्लाको बरेङ गाउँपालिका पनि सडक सम्पर्कविच्छेद भएको छ। पहिरोले अवरुद्ध भएका सडकहरु खुलाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.