|

काभ्रे :  काभ्रेमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्ती मनाएको छ।  शुक्रबार नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ को आयोजनामा नमोबुद्ध नगरपालिका–४ भकुण्डेवेसी स्थित नौबीसेमा रहेको नेपाली कांग्रेस क्षेत्रीय कार्यालयको परिसरमा वृक्षारोपण गरी स्वर्गीय कोइरालाको जन्म जयन्ती मनाएको हो।

वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका पार्टी जिल्ला सचिव दिनेश लामाले गिरिजाप्रसाद कोइरालाले गाउँको विकास र सामन्तवाद अन्त्यसँगै विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए। त्यसैगरी नेपाली कांग्रेस काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं. १ का संयोजक तथा पूर्वसांसद तीर्थ लामा, रमेश हुमागाईं, राम योञ्जन लगायतले स्व. कोइरालाको योगदानबारे चर्चा गरेका थिए।

संघका क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ सभापति गणेश अधिकारीले ७ प्रजातिका विरुवा रोपी स्वर्गीय कोइरालाको ९६ औ जन्म जयन्ती वृक्षारोपण गरेर मनाइएको थाहा खबरलाई जानकारी दिए।  धुपी, सुन्तला, आँप, स्याउ, कागती लगायतका दुई सय वटा विरुवा रोपिएको उनले बताए।

त्यस्तै, वृक्षारोपण लगायत अन्य विभिन्न कार्यक्रम गरी बर्षेनी कोइरालाको जन्म जयन्ती आलोपालो रुपमा मनाउने गरेको संघका क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ का सभापति विद्या सागर लामाको भनाइ छ।

 कोइरालाको जन्म जयन्तीको अबसरमा गरिएको वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका पार्टी जिल्ला सचिव लामालगायत पार्टीका जिम्मेवार ब्यक्ति, कार्यकर्ता र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.