|

काठमाडौं : विभिन्न मुद्दामा रहेका मानिसलाई ललितपुर महानगरपालिकाले असार मसान्तसम्म तारिख लिनका लागि आग्रह  गरेको  छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानुन महाशाखामा विभिन्न मुद्दाको नेपाल सरकारले तोकेको अवधिमा लिनुपर्ने तारिखहरू लिनलाई ललितपुर महानगरपालिकाले जनाएको छ।

’लकडाउन अवधिमा लिनुपर्ने तारिख २०७७ साल असार मसान्तभित्र लिई सक्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ,’ समयमा तारिख लिन नआएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.