दुईको मृत्यु, निको हुनेको संख्या ९१ जना

|

पर्वत : गण्डकी प्रदेशमा कोभिड १९ (कोरोना भाइरस) बाट १ हजार ६५ जना सङ्क्रमित भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। जसमा पुरुषको सङ्ख्या ९ सय २८ रहेको छ भने महिलाको सङ्ख्या १ सय ३७ रहेको छ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार गण्डकीमा पिसिआर परीक्षणका लागि सङ्कलन गरिएकामध्ये १६ हजार ५ सय २८ नमुनाको जाँच भइसकेको छ। अब २ सय ३३ नमुनाको नतिजा आउन बाँकी छ।  पिसिआरमा सङ्क्रमण नदेखिएका नमुनाको सङ्ख्या १५ हजार ४ सय ६५ रहेको छ।

२ को मृत्यु

गण्डकीमा कोरोना सङ्क्रमण पोजेटिभ २ जना पुरुषको मृत्यु भएको छ। उनीहरू दुवैजना स्याङ्जा जिल्लाका हुन्। 

यस्तै कोरोना निको भएकाहरूको सङ्ख्या २ सय ९७ पुगेको छ। उनीहरू २६ जना महिला र २ सय ७१ जना पुरुष रहेका छन्। गण्डकी प्रदेशमा आइसोलेसनमा बसेकाहरूको सङ्ख्या ७ सय ६८ रहेको पनि संयोजक शर्माले बताए।

कुन जिल्लामा कति सङ्क्रमित?

स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा कम हिमाल पारीका दुई जिल्लाहरू मुस्ताङ र मनाङमा १-१ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको थियो। सबैभन्दा बढी नवलपरासी पूर्वमा छन्। 

त्यहाँ २९ जना महिला र २ सय २१ जना पुरुष गरी कुल २ सय ५० जनामा सङ्क्रमणको पुष्टि भएको छ।

यस्तै पर्वतमा १० जना महिला र ८० जना पुरुष गरी ९० जना, बागलुङमा १६ जना महिला र १ सय ८३ जना पुरुष गरी १ सय ९९ जना, स्याङ्जाका २३ जना महिला र १ सय ६१ जना पुरुष गरी १ सय ८४ जना संक्रमित छन्। 

तनहुँमा १७ जना महिला र १ सय १९ जना पुरुष गरी १ सय ३६ जना, गोरखामा १३ जना महिला र ७३ जना पुरुष गरी ८६ जना, लमजुङमा ७ जना महिला र ३८ जना पुरुष गरी ४५ जना तथा कास्कीमा १६ जना महिला र ४० जना महिला गरी ५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ। 

कुन जिल्लामा कति निको?

कोरोना सङ्क्रमणलाई जितेर आइसोलेसनबाट घर फर्किएकाहरुको सङ्ख्या बागलुङमा सबैभन्दा बढी रहेका छन्। त्यहाँका ५ जना महिला र ८६ जना पुरुष गरी कुल ९१ जना घर फर्किएका हुन्। 

यस्तै नवलपरासी पूर्वका २ महिला र ५३ पुरुष गरी ५५ जना, स्याङ्जाका ५ महिला र ४९ पुरुष गरी ५४ जना, तनहुँका १ महिला र १४ पुरुष गरी १५ जना, गोरखाका १ महिला र २० पुरुष गरी २१ जना, पर्वतका १ महिला र १८ पुरुष गरी १९ जना, कास्कीका १० महिला र २० पुरुष गरी ३० जना, म्याग्दीका ५ जना पुरुष, लमजुङका १ महिला र ५ पुरुष गरी ६ जना तथा मुस्ताङका १ पुरुष रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.