|

बाँके : निजी विद्यालयमा कार्यरत शिक्षकले आफूले पाउनुपर्ने तलब माग गर्दै नेपालगन्जमा प्रदर्शन गरेका छन्। लकडाउन सुरु भएदेखि तलब नपाएको भन्दै उनीहरुले सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक आफू कार्यरत विद्यालयबाट पाउनुपर्ने माग गर्दै सडकमा निस्किएका हुन्।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नेतृत्वमा सडकमा उत्रिएका शिक्षकले लकडाउन अवधिमा समेत विद्यालयको काम गरे पनि सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक नपाएको गुनासो गरेका छन्। उद्योग, पसल, कार्यालय तथा विद्यालयमा कार्यरत मजदुरलाई मासिक रुपमा दिँदै आएको पारिश्रमिक सम्बन्धित कार्यालय वा संस्थाले दिनुपर्ने निर्णय सरकारले गरेको बताउँदै इस्टु बाँकेका अध्यक्ष गमबहादुर डाङ्गरले पारिश्रमिक नपाउँदा खान, लाउन समस्या भएको बताए।

उनले भने, ‘विद्यालयबाट पारिश्रमिक नपाउँदा शिक्षकको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ।’

बाँकेमा १०२ वटा निजी तथा आवासीय विद्यालय सञ्चालनमा छन्। यी विद्यालयमा झण्डै सात हजारजना शिक्षक कार्यरत रहेको अध्यक्ष डाङ्गरले जानकारी दिए। उनले लकडाउन भएपछि बाँकेका कुनै पनि विद्यालयले शिक्षकलाई पारिश्रमिक नदिएको बताए। सरकारको निर्णयलाई अटेर गरेर पारिश्रमिक नदिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी निजी तथा आवाशिय विद्यालयमा कार्यरत शिक्षकले दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.