|

ताप्लेजुङ : वस्तीमाथिबाट झरेको पहिरोले फुङलिङ नगरपालिका–८ दोखु खोदम्बुको वस्ती जोखिममा परेको छ।

बिहीबार बेलुका घरमाथि पहिरो झरेपछि उक्त बस्तीका पाँच घरपरिवार अर्को गाउँमा बसेका थिए। स्थानीय सूर्यमान तामाङका अनुसार लाखबहादुर मोक्तान, तारा तामाङ, बीर्खबहादुर तामाङ, पञ्चबहादुर सुनुवार र कमल मगरको परिवार पानीट्यांकीमा सरेर बसेका हुन्।

पहिरो वीरबहादुर तामाङको घरमाथिसम्म झरेको छ। बस्तीमाथिको पहरा फुटेर झर्दा बीचमा रहेको सडकमा ठूलठूला ढुङ्गा अल्झिएको छ। ढुङ्गा त्यहाँबाट झरे उक्त पाँच घरका साथै अन्य घर पनि जोखिममा पर्ने स्थानीइहरु बताउँछन्। सडकको माटो कमसल भएकाले ढुङगा नझर्ला भन्न सक्ने अवस्था नरहेको तामाङले बताए।

करिव १०० मिटर लामो पहिरो वीरबहादुरको बारीसम्मै पुगेको छ। पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूलठूला ढुङ्गा भएकाले जोखिम रहेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.