|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा  कुष्ठरोगी पत्ता लगाउन चर्मरोग स्वाथ्य शिविर आयोजना गरिएको छ। शुक्रवार आयोजना गरिएको शिविरमा १४२ जनाले सेवा लिएका छन्।

बन्साहा सहरी स्वास्थ्य क्लिनिकमा आयोजना गरिएको शिविरमा ८० जना पुरुष र ५८ जनाले सेवा लिएका हुन्। शिविरमा परीक्षणका लागि पुगेका अधिकांशमा दाद, छाला चिलाउने, छालामा सेतो दाग, छालामा मासु पलाएका लगायतका समस्या रहेको झलारी स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट लोकेन्द्रबहादुर ऐरले बताए।

शिविरमा परीक्षण गरिएकामध्ये एकजनामा कुष्ठ रोग फेला परेको छ। ऐरले भने, ‘कुष्ठरोग फेला परेका व्यक्तिलाई निःशुल्क औषधि उपलव्ध गराउने र व्यक्तिगत सरसफाईमा ध्यान दिन सुल्लाह दिएका छौं।’

शिविरमा छाला रोग विशेषज्ञ डा. दिनेश शिवाकोटीले बिरामीको परीक्षण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.